समायोजनपछि २९ वटा बचत खाता हटाउँदै ग्लोबल आइएमई बैंक, कुन–कुन खाता भयो मिलान ?
३ माघ २०७९, मंगलवार १०:५१

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर भई गत पुष २५ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । समायोजनपछि ‘ग्लोबल आइएमई बैंक’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
एकीकृत कारोबारपछि साविक बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको बचत खाताहरु मिलान गरिएको छ । जसमा साविक बीओकेको कुल २१ वटा बचत खाता र ग्लोबल आइएमई बैंकको २१ वटा बचत खाता एकआपसमा मिलान गरी नयाँ बचत खाता बनाइएको छ ।
हाल ग्लोबल आइएमई बैंकले ४२ वटा बचत खाताबाट अब १३ वटा बचत खाता कायम गरेको छ ।













