नबिल बैंकमा आयरल्याण्डको छद्म कम्पनीको नाममा ३९ प्रतिशत शेयर, अन्य कस्को लगानी कति ?

काठमाडौं । नविल बैक लिमिटेडमा सबैभन्दा बढी संस्थापक शेयर एन.बि.(इन्टरनेशनल) लिमिटेड, आयरल्याण्डको रहेको छ । कम्पनीमा एन.बि.को ९ करोड ४७ हजार ४ सय ६२ कित्ता शेयर रहेको छ । जुन संस्थापक शेयरको ३९ प्रतिशत रहेको छ ।
बैंकमा संस्थापक आईएफआईसी बैंक लिमिटेड, बङ्गलादेशको ७ दशमलव ७७ प्रतिशतले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता शेयर रहेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको ७ दशमलव ६३ प्रतिशतले १ करोड ७४ लाख १५ हजार १ सय ७९ कित्ता शेयर स्वामित्व रहेको छ ।
कम्पनीमा संस्थापक समुहतर्फ नेपाल स्टक स्टक एक्सचेन्ज लिमिटेडको ० दशमलव २६ प्रतिशतले ६ लाख १ हजार १ सय ३१ कित्ता शेयर स्वामित्व रहेको छ । त्यस्तै, मुथुट फाइनान्स लिमिटेड, भारतको ० दशमलव ४४ प्रतिशतले १० लाख ११ हजार ४ सय १८ कित्ता संस्थापक शेयर रहेको छ । कम्पनीमा अन्य व्यक्ति तथा संस्थाहरुको २ दशमलव ९० प्रतिशतले हुन आउने ६६ लाख २४ हजार ३ सय ३३ कित्ता संस्थापक शेयर रहेको छ ।
बैंकमा संस्थापक समुहको ५८ दशमलव ४४ प्रतिशतले १३ करोड ३४ लाख ३५ हजार ६ सय १२ कित्ता रहेको छ । त्यस्तै, साधारण समुहतर्फमा ४१ दशमलव ५६ प्रतिशतले ९ करोड ४८ लाख ९३ हजार ४ सय ७४ कित्ता शेयर रहेको छ । बैंकमा सञ्चालक निर्वाण कुमार चौधरीको १६ लाख १ हजार २ सय ३२ कित्ता, सञ्चालक अनन्त पौड्यालको २२ हजार ९९ कित्ता, सञ्चालक प्रविन टिवडेवालाको ८ सय ९१ र सञ्चालक उदय कृष्ण उपाध्यायको सबैभन्दा कम ४८ कित्ता शेयर रहेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङगानाको ८ हजार ४ सय ८८ कित्ता रहेको छ । त्यस्तै, प्रवन्धक कैलाश त्रिपाठीको १० हजार ५८ कि त्ता, प्रवन्धक विश्व प्रसाद पौडेलको १५ हजार २ सय ९७ कित्ता शेयर स्वामित्व रहेको छ ।












