हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, अपि पावरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
३ माघ २०७९, मंगलवार १५:०५

काठमाडौं । चार दिन बन्दपछि आज शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले घट्न पुगेको नेप्से इन्डेक्स क्लोज हुँदासम्म ३२.७२ अंकले बढेर २१८२ को विन्दुमा कायम भएको छ ।
शेयरबजार बढेसँगै आज ३ अर्ब ७२ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हाइड्रोपावर कम्पनीहरुको शेयर खरिदबिक्री भएको छ ।
सर्वाधिक अपि पावरको २३ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशीको ११ करोड ३८ लाख, ङादी ग्रुप पावरको १० करोड ४८ लाख, रिडी हाइड्रोपावरको ९ करोड ४ लाख र हिमालयन डिष्टिलरीको ८ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













