पाँच हाइड्रोपावरको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?
४ माघ २०७९, बुधबार १२:१३

काठमाडौं । साताको चौाथो दिन शेयरबजार खुलेको केही समयमा नै पाँच हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यो समाचार तयार पार्दासम्म अपर हेवाखोला हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र ग्रिन भेन्चर्स लिमिटेडको शेयरमा सर्किट लागेको हो ।
अपर हेवाखोलाको शेयर १० प्रतिशत अर्थात् ४२ रुपैयाँले बढेर शेयरमूल्य ४६२ रुपैयाँ, पिपुल्स हाइड्रोपावरको २९ रुपैयाँ ७० पैसाले बढेर ३२६ रुपैयाँ ७० पैसा, बाराहीको ९.९९ प्रतिशत अर्थात, ३७ रुपैयाँ ८० पैसाले बढेर ४१६ रुपैयाँ, हिमालयन उर्जाको ९.९९ प्रतिशत अर्थात ३६ रुपैयाँ ९० पैसा बढेर ४०६ रुपैयाँ ४० पैसा र ग्रिन भेन्चर्सको ९.९८ प्रतिशत अर्थात् ४१ रुपैयाँ ५० पैसा बढेर ४५७ रुपैयाँ ३० पैसा पुगेकोछ ।













