रिडी र अपि पावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

४ माघ २०७९, बुधबार १५:०५

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकले बढेको नेप्से सूचक आज ९ अंकले घटेर २१७३ को विन्दुमा कायम भएको छ ।

नेप्से सूचक घटेपनि आज शेयरबजारमा ४ अर्ब ९२ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक रिडी पावरको ३५ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको १९ करोड ७६ लाख, नेशनल हाइड्रोपावरको १४ करोड ८८ लदाख, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ७ लाख रुपैयाँ र अपर तामाकोशीको ९ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*