कुमारी बैंकद्धारा एकैदिन ५ नयाँ शाखा विस्तार

५ माघ २०७९, बिहीबार १३:०७

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल र विस्तारित काउन्टर विस्तार गर्ने क्रममा एकैदिन पाँच नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले मधेस प्रदेशको लालबन्दी वडा नम्बर– ७, जलेश्वर वडा नम्बर– २, गौशाला वडा नम्बर– ५, पोखरीया वडा नम्बर ४, कर्मैया वडा नम्बर– ११ मा शाखाहरूका साथै बागमती प्रदेशको ललितपुर वडा नम्बर– ३ मा बोजे पोखरी विस्तारित काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा ’बैंकिङ सेवा पुरÞ्याउने उद्देश्यले उक्त शाखा र विस्तारित काउन्टर विस्तार गरेको जनाएको छ। आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुयाउने योजना बनाएको बैंकको भनाइ छ ।

बैंकले हाल देशभरमा तीन सय चार शाखा, तीन सय ४५ एटिएम, ४८ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*