आइसीएफसी फाइनान्सद्धारा शेयरधनीहरुको खातामा लाभांश जम्मा
६ माघ २०७९, शुक्रबार ११:३८

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ ।
फाइनान्सले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई (पुस २९) गते देखि ५% नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको जनाएको छ । हालसम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीले भने डिम्याट खाता खोलेर सेयर अभौतिकीकरण गर्न तथा बैंक खाता र प्यान नम्बर पनि अद्यावधिक गर्न भनेको छ ।
त्यसपछि मात्र फाइनान्सले वितरण गरेको लाभांश पाइनेछ । यस कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट शेयरधनीलाई कर सहित ५% नगद र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।












