आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्थालाई हटाउने निर्णयलाई नाडाको स्वागत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य मार्जिनको व्यवस्थालाई हटाउने निर्णयलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले समर्थन गरेको छ ।
नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेको सवारी साधन तथा विभिन्न अटोमोवाइल बस्तुहरुको आयातमा एल.सि खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने निर्णय गरेकोे छ । त्यसैगरी सरकारले ८ महिना देखि नीजि प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएकोे प्रतिवन्ध पनि केही समय अघि फुकुवा गरेको छ ।
नेपाल राष्ट्र बैंकको हालको योे निर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको छ ।
नाडा अटोमोबाइल्सले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरिनु पर्ने लगायतका महत्वपूर्ण विषयहरुमा सम्बोधन नभएसम्म नेपालको अटोमोवाइल व्यवसाय चलायमान हुन नसक्ने भन्दै आयातमा अनिवार्य मार्जिनको व्यवस्था हटाउनुपर्ने माग गरेका थिए ।
साथै चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुलाई समेत तत्कालै संशोधनका लागि नेपाल राष्ट्र बैंकसंग नाडाले अनुरोध गरेको छ ।












