नबिल बैंकको मुनाफा ५६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

७ माघ २०७९, शनिबार १२:२२

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६।६७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८५।६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५६।९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५६।०६ प्रतिशत बढेको छ

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६७ पैसा बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८।१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ।
नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

्चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६।६७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८५।६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५६।९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५६।०६ प्रतिशत बढेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*