कालिका लघुवित्तद्धारा लाभांश घोषणा, शेयरधनीले कति पाउँदैछन् बोनस र नगद ?
९ माघ २०७९, सोमबार १०:११

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
संस्थाको माघ ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।












