राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये पाँचको नाफा घट्यो, सबैभन्दा धेरे मुनाफा आर्जन गर्नेमा मुक्तिनाथ, बृद्धिदरमा शाइन रेसुङ्गा

९ माघ २०७९, सोमबार १२:०४

काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकहरुले औषतमा २ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको तुलनामा २०.९१ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म राष्ट्रिय स्तरका ८ विकास बैंकहरुको नाफा प्रभावित देखिएको हो । ८ मध्ये अधिकांशको खुद नाफा घट्न पुगेको छ । जसमा ३ विकास बैंक शाइन रेसुङ्गा, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिसम्मको तुलनामा बढ्न पुगेको छ भने अन्य महालक्ष्मी, लुम्बिनी, कामना सेवा, सांग्रिला र ज्योति विकास बैंकको घट्न पुगेको छ ।

कुनले कति मुनाफा आर्जन गरे ?
चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले यस अवधिसम्म ६२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आवको तुलनामा ३.९६ प्रतिशतले बढ्न पुगेको हो ।

त्यस्तै, गरिमा विकास बैंकले पनि वित्तीय क्षेत्रमा उत्कृष्ट प्रदर्शनी गर्दै सो अवधिसम्म ५० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकको नाफा गत आवको तुलनामा १.८६ प्रतिशतले बढ्न पुगेको हो । साथै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि यस अवधिसम्म ४२ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकको नाफा गत आवको तुलनामा २३.१८ प्रतिशतले बढेको हो ।

त्यस्तै, पुष मसान्तसम्म महालक्ष्मी विकास बैंकले ३१ करोड ६० लाख, लुम्बिनी विकास बैंकले २६ करोड १० लाख, कामना सेवा विकास बैंकले १९ करोड ५८ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले १६ करोड ६५ लाख र ज्योति विकास बैंकले ३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नाफा बृद्धिदरमा कुन बैंक अब्बल ?
गत आवको तुलनामा यस अवधिसम्म सबैभन्दा नाफामा प्रगति गर्ने बैंकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । बैंकले गत आवको तुलनामा यस अवधिसम्म खुद नाफामा २३.१८ प्रतिशतले प्रगति गरेको छ ।
त्यस्तै, दोस्रोमा मुक्तिनाथ विकास बैंकले ३.९६ प्रतिशतले नाफा बढाएको छ भने गरिमा विकास बैंकले १.८६ प्रतिशतले नाफा बृद्धि गरेको छ ।

नाफा घट्ने ५ विकास बैंक
गत आर्थिक वर्षको पुष मसान्तसम्मको तुलनामा यस अवधिमा नाफा घट्ने ५ विकास बैंकमध्ये सबैभन्दा बढी ज्योति विकास बैंकको नाफा ८९.८९ प्रतिशततले घटेको छ ।
्रत्यस्तै, कामना सेवा विकास बैंकको ४३.०१ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ३६.३८ प्रतिशत, महालक्ष्मी विकास बैंकको ३०.७४ प्रतिशत र लुम्बिनी विकास बैंकको २५.७८ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*