डिप्रोक्स लघुवित्तका चार कर्मचारीमाथि कुटपिट

९ माघ २०७९, सोमबार १७:०८

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका चार जना कर्मचारीमाथि कुटपिट भएको छ । संस्थामा कार्यरत कर्मचारीहरु राजेश थापा, सूर्य बहादुर विष्ट, सरस्वती आचार्य र नर्बदा खनाल केही असम्बन्धित समुहबाट माघ ४ गते कुटपिटमा परेका हुन् ।

मोरङ्ग जिल्ला ग्रामथान गाउँपालिका वडा नं ७ ढकियाबारी टोलमा सदस्यहरुको समूह केन्द्र बैठक गरी सदस्यहरुको ऋणको व्याज तथा किस्ता नियमित गर्न तथा सदस्यहरुले समयमा नै व्याज ऋण नबुझाउनुको कारण तथा समस्या बुझिरहेको अवस्थामा समुह सदस्य भन्दा असम्बन्धित व्यक्तिहरुवाट अभद्र व्यवहार, कुटपिट तथा लघुवित्त संस्थाहरुको गलत प्रचार गरिएको संस्थाले जनाएको छ ।

उक्त घटनालाई लिएर नेपाल वित्तीय संस्था कर्मचारी संघ लघुवित्त ट्रेड युनियन परिषदले गम्भीर ध्यानाकर्षण जनाएको छ । साथै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरमा ल्याई कारवाही गर्न तथा कर्मचारीहरुलाई बिना त्रास सुरक्षित तवरले कार्य गर्ने वातावरण सिर्जना गर्न समेत परिषदले माग गरेको छ ।

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*