एनआइसी एशिया लघुवित्तका सञ्चालक दिपेश खेतानद्वारा राजीनामा
९ माघ २०७९, सोमबार १७:३१

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक दिपेश खेतान अग्रवालले सञ्चालक पदबाट राजिनामा दिएका छन् । सञ्चालक अग्रवालले यहि माघ ४ गते आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
संस्थाको माघ ९ गते (सोमबार) बसेको सञ्चालक समितिको १६३औं बैंठकले उनको राजीनामा स्वीकृत गरेको हो ।













