सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल नियुक्त
१० माघ २०७९, मंगलवार १०:०९

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् ।
संस्थाको माघ ९ गते बसेको संचालक समितिको बैठकले संस्थाको स्वतन्त्र संचालकमा काठमाडौं महानगरपालिका वडा नं. १४ बस्ने दाहाललाई ४ वर्ष कार्यकालको लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।












