सुपरमाई हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुस आइपीओ नतिजा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको साधारण शेयर (आइपीओ) बाँडफाँग गरिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ५ लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुका लागि आइपीओ निष्काशन गरेकोमा रितपूर्वक आवेदन दिनेहरुका लागि आइपीओ बाँडफाँग गरिएको हो ।
कम्पनीले मंसिर २१ गतेदेखि पुष ६ गतेसम्म वैदेशिक रोजगारीमा गएकाहरुका लागि र मंसिर २१ गतेदेखि पुष १३ गतेसम्म स्थानीय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेकोमा रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई माघ १० गते बाँडफाँड गरिएको हो ।
शेयर बाँडफाँडसम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/ र कम्पनीको वेबसाइट http://www.supermaihydro.com.np/ साथै वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिडीएसले संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत रिजल्ट हेर्न सकिनेछ ।












