नयाँ शाखा कार्यालय संचालनका लागि घर बहालमा खोज्दै एनएमबि बैंक
११ माघ २०७९, बुधबार ११:३३

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ शाखा कार्यालय विस्तार गर्ने भएको छ । बैंकले नयाँ शाखा कार्यालय संचालन गर्न घर बहालमा लिने सम्बन्धी सूचना जारी गरेको छ ।
बैंकले शाखा कार्यालय प्रयोजनका लागि काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी क्षेत्रमा घरको भुई तल्ला वा प्रथम तल्लामा कम्तिमा २००० देखि ३००० वर्गफिटको निर्माण सम्पन्न भएको मुल सडकसँग जोडिएको घर कम्पाउण्ड आवश्यक रहेको जनाएको हो ।
साथै बैंकले तोकेबमोजिमको घर रहेका इच्छुक घरधनीहरुले बैंकको कलंकी शाखा तथा नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी प्रस्ताव पेश गर्न सक्नेछन् ।












