हिमालयन उर्जा विकास कम्पनीले १ः२ अनुपातमा हकप्रद निष्काशन गर्ने
१५ माघ २०७९, आईतवार ११:३०

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीबाट २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले कायम चुक्तापुँजीको १ः२ अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीको आगामी साधारणसभाले सो सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ । साथै विद्युत नियमन आयोगले हकप्रद जारीको लागि स्वीकृति दिएपछि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले १ः२ अनुपातमा हकप्रद निष्काशन गर्ने छ ।












