आइएमई जनरल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१५ माघ २०७९, आईतवार १५:०४

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म नेप्से सूचक १४.६८ अंकले घटेर २१६८ को विन्दुमा कायम भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ । आज शेयरबजारमा ३ अर्ब एक करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आइएमई जनरल इन्स्योरेन्सको ९ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन उर्जा विकास कम्पनीको ९ करोड २१ लाख, एनआइसी एशिया बैंकको ७ करोड १३ लाख, आँखु खोला जलविद्युतको ६ करोड ८३ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*