नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१६ माघ २०७९, सोमबार १०:११

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले बोनस शेयर वितरणका लागि माघ १७ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सोही प्रस्तावित लाभांश पारित गर्न संस्थाले माघ २८ गते उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे बस्नेगरी १६औं साधारण सभा आह्वान गरेको छ ।












