नबिल बैंकले संस्थापक शेयर विक्रिमा

१६ माघ २०७९, सोमबार १०:३२

काठमाडौं । नबिल बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ ।बैंकले १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि ५० हजार कित्ता र १ लाख कित्ता शेयर विक्रीका लागि सूचना जारी गरेको थियो । उल्लेखित शेयर एकमुष्ठ रुपमा विक्री गर्नका लागि कम्पनीले आज पुनः सूचना जारी गरेको छ।

प्रतिकित्ता रू। ४५० तोकिएको उल्लेखित कित्ता शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आगामी सात दिनभित्र आवेदन दिन कम्पनीले भनेको छ । तोकिएको अवधिभित्र प्रतिकित्ता मूल्यसमेत अंकित गरी कम्पनीको केन्द्रीय कार्यालय तीनधारा, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने पनि उसले भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*