एनआइसी एशिया बैंकले थप ७ स्थानको जग्गा बिक्री गर्दै
१६ माघ २०७९, सोमबार १२:४९

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा दर्ता रहेका थप ७ ठाउँको जग्गा बिक्री गर्ने भएको छ । यसअघि बैंकले ३० ठाउँको जग्गा बिक्रीका लागि १५ दिने सूचना प्रकाशित गरेको थियो ।
बैंकले आफ्नो नाममा दर्ता रहेको थप सात ठाउँको जग्गा बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।
बैंकले कास्की जिल्लामा २ वटा, नवलपरासी जिल्लामा ४ वटा र नवलपरासी (सुस्ता पूर्व) नवलपुरमा एउटा गरी कुल ७ वटा जग्गा बिक्री गर्न ७ दिने सूचना प्रकाशित गरेको हो । इच्छुक ब्यक्ति, फर्म, सघ संस्थाले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।













