हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१६ माघ २०७९, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज ४१.०१ अंकले घटेर २१२७ को विन्दुमा कायम भएको छ ।

शेयबरजार घटेपनि कारोबार रकम भने सन्तोषजनक नै देखिएको छ । केही दिनयता शेयरबजारमा आक्रामक सुधार देखिँदा लगानीकर्ताहरुले नाफा बुक गरेका कारण आजको कारोबार रकम बढ्न पुगेको हो । आज ३ अर्ब ३० करोड रुपैयााँमाथिको कारोबार भएको छ ।

सर्वाधिक सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको १० करोड ४८ लाख, पिपुल्स हाइड्रोपावरको ९ करोड ५६ लाख, अपर तामाकोशीको ९ करोड ३५ लाख र अपि पावरक कम्पनीको श्७ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*