नेप्सेमा थप दुई कम्पनीको ५३ लाख २३ हजार कित्ता बोनस शेयर सूचीकृत
१६ माघ २०७९, सोमबार १५:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा किसान लघुवित्त वित्तीय संस्था र सिभिल बैंकको बोनस शेयर सूचीकृत भएको हो ।
यी दुवै कम्पनीको आ–आफ्नै वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो । किसान लघुवित्तको २० प्रतिशत दरका कुल ७ लाख ८५ हजार ६१७ कित्ता बोनस शेयर र सिभिल बैंकको ५ प्रतिशत दरका कुल ४५ लाख ३७ हजार ९२१ कित्ता बोनस शेयर गरी कुल ५३ लाख २३ हजार ५३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।












