यसकारण घट्यो एनआइसी एशिया लघुवित्तको मुनाफा

१७ माघ २०७९, मंगलवार १०:२०

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आज आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।

यो नाफा गत आवको यसै अवधिको तुलनामा ६१.८५ प्रतिशत कम हो । गत आवको यसै अवधिसम्म संस्थाले ३९ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिसम्म खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३४.८६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६९.३६ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.६७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६१.८९ प्रतिशत घटेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २७ रुपैयाँ ७० पैसा घटेर १७ रुपैयाँ १७ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४७.६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५२ पैसा रहेको छ ।

पछिल्लो ६ महिनामा चुक्ता पूँजी स्थिर रहेको यस लघुवित्तको जगेडा कोष १०.५७ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी ५.७४ प्रतिशत घटेको छ भने कर्जा ३.२५ प्रतिशत घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*