शेयरबजारमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्य हुँदा हाइड्रोपावर इन्डेक्स बृद्धि

१७ माघ २०७९, मंगलवार १५:१०

काठमाडौं । शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । केही दिनयता निरन्तर ओरालो लागेको शेयरबजार आज १५.७४ अंकले घटेर २१११ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८२ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से घटेसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज हाइड्रोपावर सूचक बाहेकका सबै सूचक राताम्य रहेका छन् । हाइड्रोपावर सूचक ०.०२ प्रतिशतले बढेको छ भने सर्वाधिक लगानी सूचक १.३१ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*