आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१७ माघ २०७९, मंगलवार १५:१६

काठमाडौं । शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज १५ अंकले घटेर २१११ विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजार ओरालो लागेपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बाराही हाइड्रोपावरको ७.३७ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सको ६.२० प्रतिशत, इष्टर्न हाइड्रोपावरको ५.८६ प्रतिशत र पिपुल्स हाइड्रोपावरको ४.६३ प्रतिशतले शेयरमूल्य बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*