अपि पावरले डाक्यो साधारण सभा, लाभांश र हकप्रद शेयर निष्काशन गर्ने मुख्य ऐजेण्डा

काठमाडौं । अपि पावर कम्पनीले लिमिटेडले १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले फागुन १४ गते बानेश्वर व्याक्वेट, थापागाँउमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।
सभाले लाभांश र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न तयारी गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।
यस्तै सभाले उक्त बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजी ३ अर्ब १३ करोड रुपैयाँको १ शेयर बराबर ०.४० प्रतिशतका दरले हुन आउने १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभाले सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गरी पारित गर्ने लगायत नयाँ लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले फाल्गुन ४ गते बुक क्लोज गर्नेछ । त्यस अनुसार फाल्गुन ३ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।












