वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
१८ माघ २०७९, बुधबार १५:०६

काठमाडौं । शेयरबजारमा आज झिनो अंकको सुधार देखिएको छ । तीनदिनयता निरन्तर घटेको नेप्से सूचक आज ४.९७ अंकले बढेर २११६ विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजारमा सामान्य सुधार देखिएपनि आज कारोबार रकम भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ । आज एक अर्ब ७६ करोडमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल बैंक लिमिटेडको ५ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको ४ करोड ९२ लाख, एनआइसी एशिया बैंकको ४ करोड ७६ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३९ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ६ लाख रुपैयाामाथिको कारोबार भएको छ ।













