२ हजार विन्दुमा झर्यो नेप्से इन्डेक्स, पाँच उपसूचक राताम्य हुँदा कारोबार घट्यो
२२ माघ २०७९, आईतवार १५:१२

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म १.५४ अंकले मात्रै बढेर २०९६ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ९३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से सूचकसँगै कारोबार रकम समेत घट्न पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा, ब्यापार, र अन्य सूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज फाइनान्स उपसूचक १.६१ प्रतिशतले बढेको छ ।












