नेप्सेमा दुई म्युचुअल फण्ड सूचीकृत
२४ माघ २०७९, मंगलवार १२:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुईवटा म्युचुअल फण्ड सूचीकृत भएको छ । एनआइबिएल एस क्यापिटल र सानिमा क्यापिटल लिमिटेडको फण्ड आज नेप्सेमा सूचीकृत भएको हो ।
एनआईबिएल एस क्यापिटलको ‘एनआईबिएल ग्रोथ फण्ड’ र सानिमा क्यापिटलको ‘सानिमा ग्रोथ फण्ड’ सूचीकृत भएको हो ।
एनआईबिएल एस क्यापिटलको अंकित मूल्य प्रतिइकाई १० रुपैयाँ दरका कुल १३ करोड २० लाख इकाई र सानिमा क्यापिटलको अंकित मूल्य १० रुपैयाँ दरका कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाई सूचीकृत भएको हो ।
एनआईबिएल ग्रोथ फण्ड ‘एनआइबिएलजीएफ’ र सानिमा ग्रोथ फण्ड ‘एसएजीएफ’ सिम्बोलबाट सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त फण्ड भोेलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ ।












