गुराँस लघुवित्तको खुद नाफा ९६ प्रतिशतले घट्यो, इपीएस कति ?

२६ माघ २०७९, बिहीबार ११:३०

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमााएको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा ९६.६६ प्रतिशतले घट्न पुगेको छ ।

गत वर्षको यसैअवधिमा संस्थाले ७३ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा लघुपित्तको खुद ब्याज आम्दानी ३६.०७% ले घटेर २ करोड २४ लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ । साथै संस्थाले यस अवधिसम्म १३ लाख ८२ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोर्न परेको छ । यसकारण पनि कम्पनीको नाफा प्रभावित बन्न पुगेको हो ।

पुस मसान्तसम्म आइपुग्दा संस्थाको प्रतिसेयर आम्दानी ४९ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ २७ पैसा छ । खराब कर्जा १.२३% ले बढेर ४.२७% पुगेको छ । खराब कर्जा बढेकाकारण पनि लघुवित्तको नाफा यस अवधिसम्म घट्न पुगेको हो ।

चालु आवको ६ महिनासम्ममा संस्थाको चुक्तापुँजी ४ प्रतिशतले बढेर १० करोड १४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार २५.६३ प्रतिशतले घटेर कोषमा २ करोड ५ लाख रुपैयाँ संचित रहेको छ । साथै संस्थाले यस अवधिसम्म ८० करोड २४ लाख रुपैयाँ सापटी लिएर एक अर्ब २१ करोड ६१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, ३२ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*