नेप्सेद्वारा विजय लघुवित्तको शेयर कारोबार रोक्का

२६ माघ २०७९, बिहीबार १४:०३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । संस्थाले लाभांश सम्बन्धि पत्र नेप्सेमा ढिला उपलब्ध गराएका कारण नेप्सेले सो संस्थाको शेयर रोक्का गरिदिएको हो ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश सम्बन्धित सूचना नेप्सेमा समयमा नै उपलब्ध नगराएका कारण शेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीको माघ १० गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रपितशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । माघ १० गतेको निर्णय पत्र माघ २६ मा उपलब्ध गराएपछि नेप्सेले सो संस्थाको शेयर रोक्का गरिदिएको हो । साथै ३ दिनभित्र स्पष्टिकरण समेत उपलब्ध गराउन अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*