नेपाल राष्ट्र बैंकद्धारा अर्धबार्षिक समीक्षापछि संशोधित एकीकृत निर्देशिका जारी, १२८ बुँदामा गरियो संशोधन

२६ माघ २०७९, बिहीबार २२:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसअघि गत साउनमा जारी गरेको मौद्रिक नीतिलाई अर्धबार्षिक विवरणका आधारमा संशोधन गर्दै संशोधित नयाँ निर्देशिका जारी गरेको छ । भोलि शुक्रबार जारी गर्ने भनिएको मौद्रिक नीतिलाई आज नै जारी गरिएएको हो ।

केन्द्रीय बैंकले अर्धबार्षिक संशोधनमार्फत ऋणीहरुका पक्षमा कैयौं नयाँ निर्णयहहरु समेत गरेको छ । जस अनुसार तीन लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा लिन कर्जा सूचना केन्द्रबाट सूचना लिनुु नपर्ने व्यवस्था गरिएको छ भने अन्य १२८ वटा बुँदामा संशोधन गरिएको छ । संशोधन गरिएका थुप्र्रै बुँदाहरु भाषागत शुद्धता कायम गर्न सामान्य शब्दहरु थपघट गरिएको छ भने अन्य केही व्यवस्थाहरुरु फेरबदल गरिएकोछ ।

पछिल्लो छ महिनामा देशको आर्थिक अवस्थामा सुधार आएको आधारमा केन्द्रीय बैंकले पछिल्लो अवस्थालाई सम्बोधन हुुने गरी नयाँ व्यवस्था लागू गरेको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले अबदेखि स्वीकृत हुने तथा फाइनान्सियल क्लोजर (वित्तीय व्यवस्थापन) हुने कर्जाको ब्याज पुँजीकरणको लेखाङ्कन छुट्टै गर्नुपर्ने भएको छ ।

नयाँ व्यवस्था अनुसार बैंकबाट लिएको कर्जा बापतको रकम अब नगद झिक्न नपाउने व्यवस्था गरिएको छ । १० लाखभन्दा बढि रकम सबै चेकमार्फत मात्रै भुक्तानी हुनुपर्ने व्यवस्था गरिएको छ ।

 

हेरौं पूर्ण पाठ

nrb cercular magh 26

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*