स्वावलम्बन लघुवित्तद्वारा साधारण सभा आह्वान, लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा

२७ माघ २०७९, शुक्रबार १०:३३

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले २१औं सभा फागुन १९ गते लैनचौर, बैंक्वेट काठमाडौंमा बिहान १०ः३० मा बस्नेगरी डाकेको हो ।

सो सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र लागि ६.०५२६ प्रतिशत (कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभामा संस्थाको अधिकृत पुँजी हाल सवा एक अर्ब रहेकोमा जारी तथा चुक्तापुँजी बृद्धि हुने भएकोले सो का लागि २ करोड कित्ता १०० रुपैयाँका दरले हुन आउने अधिकृत पुँजी २ अर्ब कायम गर्ने प्रस्ताव गरिनेछ ।

यस साथै संस्थापक शेयर १० प्रतिशत विन्दुले सर्वसाधारण शेयरमा परिणत गरी हालको शेयर संरचना संस्थागत शेयर ७०% र सर्वसाधारण शेयर ३०% लाई क्रमशःसंस्थापक ६०% र सर्वसाधारणलाई ४०% कायम गर्ने प्रस्ताव गरिनेछ । यसका अलावा कम्पनीको हाल चुक्तापुँजी एक अबशर्् १२ करोड २१ लाख रुपैयाँमा बोनस शेयर वितरणपछिको चुक्तापुँजी एक अर्ब २९ करोड ४ लाख रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै अन्य कुनै वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरिनेछ । त्यस्तै, सामान्य प्रस्तावमा गत आवको वार्षिक प्रतिवेदन, गत आव २०७८।७९ को वासालात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७८।७९ मा भएका संचालक समितिका नयाँ सदस्यहरुको मनोनयन तथा नियुक्ति अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ संस्थाले फागुन १० गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ फागुन ९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*