लुम्बिनी विकास बैंकका शेयरधनीको खातामा लाभांश जम्मा
२७ माघ २०७९, शुक्रबार ११:१४

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको गत पुष २६ गते सम्पन्न १९औं औं सभाबाट पारित भएको ९ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा पठाउन सुरु गरेको हो ।
बैंकले बुकक्लोज हुनुभन्दा अघिसम्म कयाम रहेका आफ्ना शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा नगद लाभांश पठाएको हो । उक्त लाभांश सम्बन्धित शेयरधनीहरुले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपश्चात् जम्मा हुने बैंकले जनाएको छ ।












