यी हुन् राष्ट्र बैंकको एकीकृत निर्देशनमा परिवर्तन भएका ११ बुँदा

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ मा परिमार्जन गरेको छ । निर्देशन परिमार्जन गर्दै अब कुनै पनि संस्थागत निक्षेपकर्ताले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दतिमा निक्षेप जम्मा गर्दा कम्तीमा ६ महिना राख्नैपर्ने भएको छ । हालसम्म संस्थाहरुले कम्तीमा ३ महिना अवधिसम्म मुद्दति निक्षेपमा रकम राख्न पाउने व्यवस्था थियो ।
केन्द्रीय बैंकले व्यक्तिगत निक्षेपकर्ताका हकमा भने कम्तीमा ३ महिना अवधिको मुद्दति खाता हुनुपर्ने पुरानै व्यवस्था यथावत राखिएको छ । त्यस्तै मुद्दति निक्षेपको समयावधि समाप्त नहुँदै पूर्वनिर्धारित ब्याजदर कायम रहनेगरी ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी मुद्दति निक्षेप बैंकले स्वीकार गर्न पाउने छैन ।
यस्तै, बैंकहरुले ऋणीको धितो लिलामीका लागि सूचना जारी गर्दा व्यक्तिको फोटो छाप्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै धितो लिलामीका लागि सार्वजनिक गरिने सूचनामा प्राकृतिक व्यक्तिको फोटो प्रकाशन गर्न नपाइने व्यवस्था गरेको हो । हाल बैंकहरुले धितो लिलामीका लागि सूचना सार्वजनिक गर्दा व्यक्तिहरुको विवरण फोटोसहित पत्रपत्रिकामा सार्वजनिक गर्दै आएका थिए ।
Major Changes in Unified Directive (1)












