प्रभु इन्स्योरेन्सको वित्तीय विवरण स्थीर, नौ करोड नाफा कमाउँदा इपिएस सबैभन्दा उच्च

२९ माघ २०७९, आईतवार ०५:०९

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ह्वात्तै बढेर २९ रुपैयाँ पुगेको छ । कम्पनीले चालु आवको छ महिनामा नौ करोड ४७ लाख चार हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

एक अर्ब २८ करोड चुक्ता पुँजि भएको प्रभु इन्स्योरेन्सको बीमा कोषमा झण्डै एक अर्ब अर्थात ९६ करोड २७ लाख २४ हजार रुपैयाँ संचिती छ । समग्र कोषका आकारका एक अर्ब २८ करोड भन्दा माथि पुर्याउन सफल भएको छ ।
गत आवको तुलनामा औषत व्यवसाय गरेको कम्पनीको मुनाफा, कूल बीमा शुल्क आम्दानी समान छ । सञ्चालन अवधीमा व्यवस्थापन खर्च सामान्य बढेर १० करोड ४२ लाख रुपैयाँबाट ११ करोड ९० नाघेको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी गत आवकै समान ४० करोड रुपैयाँ रहेको छ भने कूल बीमा शुल्क पनि समान ८२ करोड रुपैयाँ छ ।

कम्पनीको जारी बीमालेख संख्या भने ५७ हजारबाट बृद्धि भई ६२ हजार ९५० पुगेको छ । समग्रमा कम्पनीको वित्तीय विवरण गत आवको तुलनामा स्थीर देखिएको छ । चुक्त पुँजि बृद्धि भएको कम्पनीको मुनाफा, व्यवसाय, आम्दानी र खर्च लगभग समान अवस्थामा रहेकोले स्थीर वित्तीय विवरण भनिएको हो । देशमा चरम आर्थिक संकटका बीचमा व्यवसाय घट्न नदिन कम्पनी सफल भएको देखिएको छ ।
आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ उल्लेख छ । जुन हालसम्मकै सबैभन्दा उच्च हुनसक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*