नेरुडे लघुवित्तको संचालकमा सुलक्षणा तिमिलसिना नियुक्त
२९ माघ २०७९, आईतवार १३:३४

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सुलक्षणा तिमिलसिना नियुक्त भएकी छन् ।
कम्पनीको माघ २८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाको निर्णयअनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा निर्वाचित भएकी मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने तिमिलसनालाई आगामी ४ वर्ष कार्यकालको लागि संस्थाको संचालक पदमा चयन गरिएको हो ।












