खराब कर्जा बढेसँगै जनउत्थान सामुदायिक लघुवित्तको मुनाफा ९१% घट्यो

२९ माघ २०७९, आईतवार १४:१५

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफा ह्वात्तै घट्न पुगेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्थाले चालु आवको ६ महिनामा ३५ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ ।

लघुवित्तले कमाएको यो नाफा गत वर्षको तुलनामा ९१.५३ प्रतिशतले थोरै हो । गत आवको यसै अवधिसम्म संस्थाले ४ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी घटेका कारण र संचालन मुनाफा समेत ऋणात्मक भएको कारण नाफा प्रभावित बन्न पुगेको हो ।

संस्थाको खुद ब्याज आम्दानी ३३.८२ प्रतिशत घटठेर ६ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । भने यस अवधिसम्म संस्थाको संचालन मुनाफा एक करोड ९३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

साथै संस्थाको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ४० पैसा रहेको छ । संस्थाको चुक्तापुँजी १४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ११ करोड ८९ लाख रुपैयाँ संचित रहेको छ । साथै संस्थाको खराब कर्जा समेत ३.२७ प्रतिशत बढेर ४.२३ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*