मर्जर प्रक्रियामा रहेको समता घरेलु लघुवित्तको मुनाफा पौने ३ करोड, अन्य सूचक कस्तो ?

२९ माघ २०७९, आईतवार १४:४२

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ करोड ८५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

संस्थाले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कमाएको नाफा गत वर्षको तुलनामा १९.५१% ले घट्न पुगेको हो । गत वर्षको यसै अवधिसम्म समताले ३ करोड ५५ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी १६.०१% ले घटेर ९ करोड ३८ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ ।

सञ्चालन नाफा १९.५१% ले घटेर ४ करोड ५३ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०३ पैसाले घटेर १६ रुपैयाँ ६९ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ९८ पैसा छ । समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था मर्जर प्रक्रियामा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*