अत्यावश्यक बैंकिङ सेवाको लागि आज बैंकहरु खुला रहने
१ फाल्गुन २०७९, सोमबार १०:०६

काठमाडौं । आज सार्वजनिक बिदाको दिनमा अत्यावश्यक बैंकिङ सेवा सुचारु रहने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार एक सूचजा प्रकाशित गर्दै सो बैंकिङ सेवा सञ्चालन रहने जनाएको हो ।
आज नगद कारोवार, चेक्त क्लियरिङ, आरटिजिएस लयायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १० देखि अपराह्न १ बजेर ३० मिनेट सम्म बैंक तथा वित्तिय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुल्ला राखि सेवा सूचारु गर्ने व्यवस्था मिलाएको छ ।












