नाडेप लघुवित्तको लाभांश प्रस्ताव रद्द, यस्तो छ कारण
१ फाल्गुन २०७९, सोमबार १७:१३

नाडेप लघुवित्तको लाभांश प्रस्ताव रद्द भएको छ ।
कम्पनीको माघ १८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।५२६ प्रतिशत नगद गरी कुल १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
तर नेपाल राष्ट्र बैंकको नियम अनुसार एउटा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रिया तोडिएपछि अर्को कम्पनीसँग मर्जर वा एक्विजिसन सम्झौता नभएसम्म सेयरधनीलाई लाभांश वितरणमा रोक लाग्ने गरेको छ । तसर्थ, प्रस्तावित लाभांश वितरण गर्न नसकिने भएकाले रद्द गरिएको नाडेपले जानकारी गराएको छ । यसअघि, नाडेप र डिप्रोक्स लघुवित्तबीच भएको एक्विजिसन सम्झौता तोडिएको थियो












