बीमा प्राधिकरणद्धारा संस्थागत सुशासन निर्देशिका संशोधन, मुनाफाको एक प्रतिशत सामाजिक कार्यमा खर्च गर्नैपर्ने, अन्य के-के छन् नियम ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुसाशन सम्बन्धी निर्देशिका संसोधन गरेको छ। प्राधिकरणले बीमकको संस्थागत सुसाशन सम्बन्धी निर्देशिका, २०७५ लाई समयसापेक्ष बनाउँदै बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकारीको प्रयोग गरि चौथौ पटक संसोधन गरेको हो ।
प्राधिकरणले निर्देशिका बमोजिम बीमा कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा सम्बन्धी कार्यमा क्रियाशिल हुन प्रत्येक आर्थिक बर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरि जम्मा गनुपर्ने निर्देशिकामा उल्लेख रहेको छ।
प्राधिकरणले कोषमा जम्मा भएको रकम सामाजिक परियोजनाहरुमा हुने खर्चमा, प्रत्यक्ष अनुदान खर्चमा, गरिबी निवारणमा, आफनो कम्पनीमा कार्यरत कर्मचारीहरुको बालबालिकाको लागि बालस्याहार केन्द्रको व्यवस्थामा प्रयोग गनुपर्ने निर्देशिकामा उल्लेख रहेको छ।
कम्पनीको ब्राण्ड प्रवर्द्धन गर्दा हुने खर्च यस कोपबाट व्यहोर्न पाइने छैन । तर संस्थागत सामाजिक उत्तरदायित्वमा गरेको खर्चमा कम्पनीको नाम सौजन्यको रुपमा उल्लेख गर्न सकिने प्राधिकरणले जनाएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय ९ जस्तै९ शिक्षा, स्वास्थ्य० मा मात्रै सिमित नभई विभिन्न भौगोलिक क्षेत्र तथा विपयहरुमा न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
संचालक समितिका सदस्यहरुलाई व्यक्तिगत तथा राजनैतिक लाभ हुने गरी खर्च गर्न पाइने छैन । संचालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वको लागि यस व्यवस्था अनुसार पहिचान हुने क्षेत्रहरु, सो क्षेत्रमा खर्चको लागि प्राप्त हुने प्रस्ताव मूल्याकंन गर्ने प्रक्रिया कोपको संचालन तथा व्यवस्थापन लगायतका विषयहरु समेटी छुटै कार्यविधि बनाई लागू गर्नुपर्नेछ ।
यस दफा बमोजिमको कोपको व्यवस्था तथा सोबाट भएको खर्च सम्बन्धी जानकारी आफ्नो वित्तिय विवरणको लेखा सम्बन्धी टिप्पणी अन्तर्गत खुलाउनु पर्नेछ ।











