लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा फागुन २९ गते, कुल २० प्रतिशत लाभांश अनुमोदन प्रस्ताव मुख्य एजेण्डा

३ फाल्गुन २०७९, बुधबार १४:३०

काठमाडौं । लक्ष्मी लघुवित्तले ११ औँ वार्षिक साधारणसभा बोलाएको छ ।संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

.सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ९करसहित० छन्।बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी पनि वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७२ बमोजिम संस्थामा रहेको लक्ष्मी बैंकको संस्थापक सेयरलाई सर्वसाधारण सेयर समूहमा परिणत गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरु निर्वाचन गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*