दुई कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
३ फाल्गुन २०७९, बुधबार १७:०२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । अपि पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सले उक्त दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम अपि पावरको शेयरमूल्य २८६ रुपैयाँका आधारमा नेप्सेले ७.५० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूलय २६६ रुपैयाँ ०५ पैसा कायम गरेको छ ।
साथै उपकार लघुवित्तको पनि ३७३७ रुपैयाँका आधारमा ६१.७५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २३१० रुपैयाँ ३६ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि यी दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ ।












