सिद्धार्थ बैंकको डेढ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा

४ फाल्गुन २०७९, बिहीबार ११:४५

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो ।

बैंकले यसअघि पुस २७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न ३५ दिने सूचना जारी गरेको थियो । उक्त शेयर खरीदका लागि आगामी सात दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*