फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

४ फाल्गुन २०७९, बिहीबार १२:०१

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले केहि संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने उदेश्यले निवेदन दिपपश्चात कम्पनीले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्रमा आवश्यक कागज प्रमाण संकलन गरी संस्थाको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा व्यहोरा खुलाइ आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*