नेप्सेमा युनिक नेपाल लघुवित्तको शेयर सूचीकृत, भोलिदेखि नै कारोबारमा आउने
४ फाल्गुन २०७९, बिहीबार १५:४३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ ।
युनिक नेपाल र साविक घोडीघाडा लघुवित्तबीच एकआपसमा १ः०.५ अनुपातमा गाभ्ने।गाभिने वा मर्जर भई कायम हुन आएको शेयर आज नेप्सेमा ‘युएनएलबी’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका ११ लाख ६ हजार ३२५ कित्ता शेयर युनिक नेपाल लघुवित्तको नामबाट सूचीकृत भएको हो । सोपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।












