नेसनल माइक्रोफाइनान्सको २१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

५ फाल्गुन २०७९, शुक्रबार ११:४१

काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ हजार कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी नरेश नेपालको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगा लक्ष्मी अवालको १ हजार ५०० कित्ता छन्। बिक्रीमा राखिएको सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिन म्याद दिइएको छ।

संस्थापक सेयरधनीले तोकिएको म्यादभित्र खरिद आवेदन नदिएमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण र संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*