आइएमई पे एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा आबद्ध

५ फाल्गुन २०७९, शुक्रबार १२:०३

काठमाडौं । आइएमई पेले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गर्दै नेसनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । सम्झौतामा आइएमई पेका सीइओ प्रविन रेग्मी र एनसीएचएलका सीइओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै अब आइएमई पेका प्रयोगकर्ताहरुले एनसीएचएलको नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्वेस्ट (टोकनाइजेसन र बिलर गेटवेसहित) जस्ता सेवा पाउने बताइएको छ ।

अब आइएमई पेका प्रयोगकर्ताहरुले नेसनल पेमेन्ट स्वीचअन्तर्गत एकाउन्ट टोकनाइजेसनको फिचर प्रयोग गर्न पाउने एनसीएचएलले जनाएको छ । यसबाट आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् ।

सँगै एनसीएचएलको बिलर गेटवे पनि चल्ने भएपछि रिटेल पेमेन्ट स्वीचमा रहेका सेवामा पनि आइएमई पे प्रयोगकर्ताको पहुँच स्थापित भएको बताइएको छ । यसका साथै अब आइएमई पेमा नेपाल पे क्यूआरबाट पनि भुक्तानी गर्न मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*